जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १८:३४

फेरि कम्युनिस्टबिरोधी अभियानमा उत्रिए डाक्टर केसी, सरकारमाथि लगाए गम्भीर आक्षेप


नेपाली कांग्रेसका नेता गगन थापाको पक्षमा भोट माग्नुभएका डा केसी चुनावमा कांग्रेसको पराजय र कम्युनिस्ट पार्टीको बिजयसँगै कम्युनिस्टबिरुद्ध राजनीतिक मैदानमा उत्रदै आउनु भएको छ । पछिल्लो पटक कांग्रेसको जागरण अभियानमा जनताको खासै साथ नपाएपछि डा केसीले सोही अभियानमा सघाउन सरकारबिरुद्ध अभियान छेडनुभएको त्रिबि शिक्षण अस्पतालमा कार्यरत डा केसीकै सहकर्मीहरुले बताउनु थालेका छन

 

काठमाडौं, जेठ २२

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राडा. गोविन्द केसी फेरि राजनीतिक बक्तब्य दिएर बिवादमा तानिनु भएको छ । जनताले तिरेको करबाट तलव बुझ्ने डाक्टर केसीले आफ्नो पदीय मर्यादाबिपरित गएर सरकार लोकतन्त्रको मर्म विपरित निरंकुश हुँदै गएको आक्षेप लगाउनु भएको हो ।

डाक्टर केसीले आज प्रेस विज्ञप्ती जारी गर्दै लोकतन्त्रमा कार्यकारी लगायत राज्यको कुनै पनि अंग सर्वशक्तिमान वा निरंकुश हुन नसक्ने र नपाउने भन्दै सरकारबिरुद्ध जेहाद छेडनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै डा केसी खुलेयाम राजनीतिक बक्तब्य दिँदै आउनु भएको छ । घोर कम्युनिस्ट बिरोधी गन्थी पलाएपछि चिकित्शा शिक्षा बिद्येयक संसदले होइन, आफूले बनाउन पाउनु पर्ने अडानसहित अनसन बस्दा आफूखुसी तोडनु भएको थियो । आज फेरि सरकारबिरुद्ध बक्तब्य दिएर सरकारी तलव लिएर काम होइन, राजनीतिक गरिरहेको तथ्य पेश गर्नुभएको छ ।

‘देशमा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्र हामी नागरिकहरुकै पसिना, रगत र बलिदानीबाट प्राप्त भएको हो, कुनै अमुक नेताको बाहुबल, बहादुरी वा प्रपञ्चबाट नआएको हैन,’ डा केसीले भन्नुभएको छ, ‘लोकतन्त्र स्थापित भए यता जति पनि सरकारहरु बने, ती सबैले नागरिकहरुको सेवा गर्ने जिम्मेवारी पाएका हुन, हामीमाथि स्वेच्छाचारी शासन गर्ने, हाम्रो स्वतन्त्रता कुण्ठित हुने वा संविधान प्रतिकुल काम गर्ने अनुमति पाएका हैनन ।’ केसीले सरकारले लोकतन्त्रको मर्मलाई आत्मसात नगरेकैले जति नाजायज काम गरे पनि संसदको बहुमत देखाएर त्यसको औचित्य देखाउन सकिन्छ भन्ने भ्रममा परेको आरोप लगाउनु भएको छ ।

‘यो अवस्थामा हामी आम नागरिकले के बुझ्नु जरुरी छ भने अहिले मिडियाको घाँटी थिचिनु वा मानव अधिकार आयोगका पखेटा काटिनु भनेको ती संस्थासम्बद्ध मानिसहरुको भन्दा बढी आम नागरिकको सरोकारका विषय हुन, किनभने मिडिया बलियो र स्वतन्त्रता हुँदा र त्यसले शक्तिशालीहरुलाई जवाफदेही बनाउँदा हित हुने भनेको आम नागरिकको हो । बलियो र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोगको अभावमा खण्डित हुने हाम्रै मानव अधिकार हो । त्यस्तै विश्वविद्यालयहरुको स्वायत्तता खोसिनु र न्यायालय दलीय भर्ती केन्द्र बन्नु पनि खास पदाधिकारी वा न्यायधीशका भन्दा पनि त्यहाँ शिक्षा र न्याय खोज्न जाने हामी नागरिकको सरोकारका विषय हुन,’ केसीले भन्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै डा केसी खुलेयाम राजनीतिक बक्तब्य दिँदै आउनु भएको छ । घोर कम्युनिस्ट बिरोधी गन्थी पलाएपछि चिकित्शा शिक्षा बिद्येयक संसदले होइन, आफूले बनाउन पाउनु पर्ने अडानसहित अनसन बस्दा आफूखुसी तोडनु भएको थियो । आज फेरि सरकारबिरुद्ध बक्तब्य दिएर सरकारी तलव लिएर काम होइन, राजनीतिक गरिरहेको तथ्य पेश गर्नुभएको छ

केसीले सरकारमाथि ‘बाहुबली’ प्रयासहरु गरेको आक्षेप लगाउनु भएको छ । ‘सरकारको अहिलेका गतिविधिहरुले उसको गैर–जिम्मेवार र निरंकुशतावादी चरित्र प्रस्ट पार्छन्न,’ सरकारी सेवामा रहनुभएका केसीले आफू सरकारबिरोधी कित्तामा रहेको घोषणा गर्दै भन्नुभएको छ, ‘यससँगै नीतिगत भ्रस्टाचारमा पारंगत भइसकेको अहिलेको सरकार समाजलाई नीतिगत दण्डहीनताको डरलाग्दो खाडलमा धकेलने अभ्यासमा लागेको पुष्टि हुन्छ ।’ केसीले डलरवादीको मागअनुसार संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने जिकिरसमेत गर्नुभएको छ । सरकारी सेवामा बसेर यसरी सरकारबिरुद्ध अभियान छेडने डा केसी पहिलो ब्यक्ति हुनुहुन्छ ।

नेपाली कांग्रेसका नेता गगन थापाको पक्षमा भोट माग्नुभएका डा केसी चुनावमा कांग्रेसको पराजय र कम्युनिस्ट पार्टीको बिजयसँगै कम्युनिस्टबिरुद्ध राजनीतिक मैदानमा उत्रदै आउनु भएको छ । पछिल्लो पटक कांग्रेसको जागरण अभियानमा जनताको खासै साथ नपाएपछि डा केसीले सोही अभियानमा सघाउन सरकारबिरुद्ध अभियान छेडनुभएको त्रिबि शिक्षण अस्पतालमा कार्यरत डा केसीकै सहकर्मीहरुले बताउनु थालेका छन ।