जनता टाइम्स

४ फाल्गुन २०७७, मंगलवार १२:०७

सत्य कुरा बोल्नै छाडे प्रचण्ड, फेरि बोले सफेद तीन झुट


चितवन, फागुन ४ । प्रधानमन्त्री बन्ने एकसूत्रीय अभियान चलाएर पार्टी विभाजन गर्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि अर्काे भ्रमको खेती गर्नुभएको छ ।

आफुलाई प्रधानमन्त्रीको लोभ नभएको भन्दै भ्रम छरिरहनुभएका प्रचण्डले नेपाली कांग्रेस स्पष्ट रुपमा चुनावको पक्षमा उभिसक्दा पनि आफूलाई प्रधानमन्त्री बनाउनको लागि संसद पुनस्थापना हुने र केही दिनभित्र कांग्रेस र मधेसवादी दलसँग मिलेर संयुक्त आन्दोलन गर्ने भन्दै जनतामा भ्रम छर्नुभएको हो ।

चुनावमा जाँदा आफूहरु कतै पनि जित्ने नसक्ने आँकलनका साथ प्रचण्ड र माधव नेपाल संसद पुनःस्थापना गरी सांसदको टाउको गन्दैबिगतकै जसरी खरिद बिक्री गरेर आफ्नो जिविकोपार्जन गर्ने अभियानमा लाग्नुभएको कारण यस्तो भ्रमको खेती गरिरहनुभएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कू गरेर प्रधानमन्त्रीका लागि आफ्नो नामसहित संसदमा अबिश्वासको प्रस्ताव दर्ता गराउन लाग्नुभएका प्रचण्डले सफेद झुट बोल्दै चितवनमा पत्रकारसँग कुरा गर्दै प्र्रचण्डले भन्नुभयो, ‘मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन, यो भ्रम कसैलाई नपरोस ।’

पत्रकार सम्मेलनमा प्रचण्डले अर्काे पनि झुट बोल्नुभयो । उहाँले चुनावमा होमिसकेको कांग्रेस समेत सहभागी भएर संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको भ्रम फैलाउनु भएको हो । ‘आन्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म संयुक्त गरौ भन्ने प्रयास पनि गरिराखेकै छन्, हिजै मात्र शेरबहादुरजीलाई यसलाई संयुक्त बनाऔ केही दिनमा फाइनल हुन्छ भनेर भनेर शेरबहादुर जी, रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भएको छ, मलाई लाग्छ अब केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ,’ प्रचण्डको भनाई थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार मात्रै निर्वाचन आयोगले निर्वाचन तालिका किन सार्वजनिक गर्दैन ? भन्दै आफूहरु चुनावको पक्षमा रहेको स्पष्ट घोषणा गर्नुभएको थियो । उहाँले अदालतलाई धम्की दिने कामको कडा प्रतिवादसमेत गर्नुभएको छ । तर प्रचण्ड भने देउवाकै नाम लिएर जनतामा भ्रम छर्न थाल्नुभएको हो । प्रचण्डले भूमी आयोग गठन गरी सुकुम्वासीलाई जग्गा दिने काम सरकारले गरेकोमा पनि आपत्ति जनाउनु भयो ।