काठमाडौं, फागुन ४
सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न भारतको सिरम इन्स्टिच्यूटलाई अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । नेपालको कानुनअनुसार खरिद गर्नु अगाडी पुरा रकम दिन नपाइने र सिरमले पुरा रकम नलिई खोप नदिने अवस्था भएपछि सरकारले बाधा अडकाउ फुकाएको हो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । सिरमसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर कानुनी झमेला देखिएको थियो ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्