जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार २०:२२

नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा


काठमाडौं, फागुन १७

चीन सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो । यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।