जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १२:२८

मुस्कान खातुनलाई राष्ट्रपतिको बधाई, अमेरिकालाई धन्यवाद


काठमाडौं, फागुन २२

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ जितेकोमा नेपाली चेली मुस्कान खातुनलाई बधाई दिनु भएको छ । शनिवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राष्ट्रपति भण्डारीले किशोरी खातुनलाई पुरस्कार प्रदान गरिने घोषणा गरेकोमा अमेरिकालाई धन्यवाद समेत दिनुभयो ।

राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘एसिड आक्रमणको असह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !’