जनता टाइम्स

२६ फाल्गुन २०७७, बुधबार १२:१६

माओवादी छाडेर एमाले प्रवेश गर्ने लहर चल्दै, सामुहिक रुपमा समायोजन गरिने


काठमाडौं, फागुन २६

नेकपा माओवादी केन्द्रका नेताहरु नेकपा एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् । माओवादीका केही शिर्ष नेता नै एमाले प्रवेशका लागि निरन्तर वार्तामा रहेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक जिवन सकाउन लागेको भन्दै नेता र कार्यकर्ता एमालेको सम्पर्कमा रहेका छन् । नेकपाका उपमहासचिव विष्णु पौडेलले अन्य नेता कार्यकर्ताहरु पनि एमालेमा आउन वार्ता गरिरहेकाले सबैलाई सामुहिक रुपमा सम्मानजनक व्यवस्थापन गरिने बताउनु भयो । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कठिन परिस्थितिमा पनि साथ दिएका माओवादी केन्द्रका नेताहरुलाई अहिले एमालेमा सम्मानजनक स्थान दिने भएको छ ।

माओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायतका मन्त्रीसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव पौडेल र सुवास नेम्वाङले केही दिनदेखी निरन्तर छलफल गरिरहनु भएको छ । केन्द्रमा समायोजन गरेपछि जिल्ला जिल्लामा पनि सम्मानजनक व्यवस्थापन गरिने भएको छ ।