जनता टाइम्स

२८ फाल्गुन २०७७, शुक्रबार २२:०७

केन्द्रीय कमिटीले माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन गरेको हो


काठमाडौं, फागुन २८

नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग सम्बद्ध नेताहरुको व्यवस्थापन गरेको बताउनु भएको छ । उहाले पार्टी एकतासँगै वैचारिक रुपमा ओली नेतृत्वमा आवद्ध हुनुभएका नेताहरुको नयाँ परिस्थितिमा व्यवस्थापन गरिएको बताउनु भएको हो ।

उहाले ओली नेतृत्वको नेकपा(एमाले)को संगठनात्मक संरचनामा आवद्धहुन तयार हुनुभएका कमरेडहरुको व्यवस्थापनका सन्दर्भमा चैत्र ७ गते वैठक वस्ने भएको समेत जानकारी दिनुभयो । उक्त वैठक नयाँ परिस्थितिमा आवश्यक निर्णयगरी नयाँ शिरावाट पार्टीएकताको निर्माण गर्न सफल हुने बताउदै परिवर्तित सन्दर्भमा नीति र नेतृत्वप्रति भरोसा गर्दै नयाँ शिरावाट पार्टी पुनर्गठनको अभियानलाई सफल पार्न आग्रह पनि गर्नुभएको छ ।

यस्तो छ शंकर पोखरेलको भनाई

पार्टी एकतासंगै वैचारिक रुपमा क. ओलीको नेतृत्वमा आवद्ध हुनुभएका माओवादी केन्द्रसंग सम्वद्ध नेताहरुको नयाँ परिस्थितिमा व्यवस्थापन जरुरी थियो । आज सम्पन्न वैठकको प्रमुख कार्यभार यही बन्न पुग्यो । आज सम्पन्न वैठकवाट उक्त कार्यभार सफलतापूर्वक सम्पन्न भएको छ ।
सर्वोच्चको फाल्गुन २३ को फैसलावाट क. ओली नेतृत्वको नेकपा(एमाले)को संगठनात्मक संरचनामा आवद्धहुन तयार हुनुभएका कमरेडहरुको व्यवस्थापनका सन्दर्भमा चैत्र ७ गते वैठक वस्ने भएको छ । उक्त वैठक नयाँ परिस्थितिमा आवश्यक निर्णयगरी नयाँ शिरावाट पार्टीएकताको निर्माण गर्न सफल हुनेछ ।
परिवर्तित सन्दर्भमा नीति र नेतृत्वप्रति भरोसा गर्दै नयाँ शिरावाट पार्टी पुनर्गठनको अभियानलाई सफल पारौ ।