जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार १२:०७

‘पत्रकार महासंघको चुनावमा योगेश भट्टराई र बिष्णु रिजाल के सोच्दै छन् होला ?’


काठमाडौं, चैत्र १६

नेकपा एमालेका नेता एंव पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकारको निर्वाचनमा योगेश भट्टराई र बिष्णु रिजाल के सोच्दै छन होला भनि प्रश्न गर्नुभएको छ । उहाले पार्टीभित्र एकताको माग गर्ने तर निर्वाचनमा संस्थागत निर्णय विपरित अरुसँग सहकार्य कसरी मिलाउनु हुने हो भन्दै प्रश्न गर्नुभएको हो ।

पत्रकार महासंघको चैत्र २५ गते हुने निर्वाचनका विषयमा नेता बाँस्कोटाले प्रश्न गर्नुभएको छ । उहाले सामाजिक सञ्जालबाट एमालेका तत्कालिन प्रचारप्रसार विभाग प्रमुख रहनु भएका भट्टराई र रिजाललाई सोध्न र ब्यवहार हेर्न मन लागेको पनि बताउनु भएको छ ।

‘पार्टीमा एकताको माग गर्ने साथीहरुले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो । योगेश भट्टराई र बिष्णु रिजाल के साच्दै छन होला जिज्ञाशा नि ।’, उहाले लेख्नु भएको छ ।