जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार १४:२४

एमालेको २० पन्ने अन्तरपार्टी निर्देशन यस्तो छ


काठमाडौं, चैत्र १७

नेकपा (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानि) नेता कार्यकर्तालाई पठाएको छ । फागुन २८ गते तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अन्तरपार्टी निर्देशन (अपानि)मार्फत् नेता कार्यकर्तालाई दिएको हो ।

आन्तरिक सर्कुलरमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू गरेको उल्लेख छ ।

पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको बताइएको छ ।