जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार १८:५४

चीनले दिएको ‘भेरोसेल’ खोप बुधबारबाट लगाइने, यी क्षेत्रका व्यक्तिलाई दिइने


काठमाडौं, चैत्र २२

चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ २५ चैत्रदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट प्राप्त खोप आउँदो बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालयपार व्यापार, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिहरुले सो खोप लगाउन सक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोपको ८ लाख डोज चैत १६ गते सोमबार काठमाडौं आइपुगेको थियो । चीनले माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको हो ।