जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १२:२१

रुपन्देहीमा तीन घण्टाको अन्तरमा तीन कोरोना संक्रमितको मृत्यु


रुपन्देही, चैत्र ३०

बुटवलस्थित कोरोना विशेष अस्पतालमा तीन घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार बिहान एकै दिन कोरोना भाइरस संक्रमणमा तीन जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले दिएको जानकारी अनुसार मृतकहरु रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका दुुई महिला र एक पुरुषको मृत्यु भएको बताउनु भयो । तीनै जना वृद्ध अवस्थाका व्यक्तिहरु हुन् ।

रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु भएको हो । ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना हुनु भएको थियो ।