काठमाडौं, बैशाख ३
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन हुनु भएको छ । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । संसदीय सुनुवाई सकिएकाले अब राष्ट्रपतिबाट दुवै न्यायाधीश नियुक्त हुनुहुनेछ ।













प्रतिक्रिया दिनुहोस्