जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १३:१३

सर्वोच्चका न्यायाधीशले सपथ लिएलगत्तै सम्हाले कार्यभार


काठमाडौं, बैशाख ८

सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशले सपथ लिए लगत्तै इजलाससमेत तोकिएको छ । दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने सर्वोच्च स्रोतले जनाएको छ ।