जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १६:५३

माओवादीको परिबन्द : ‘सरकारबारे प्रचण्डले नै निर्णय गर्नुहोस्’


काठमाडौं, बैशाख ८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । दुई महिनादेखी आनाकानी गर्दै आएको माओवादीले सञ्चारकर्मीको प्रश्न थेग्न नसकेपछि बुधबार नयाँ निर्णय गरेको छ ।

माओवादी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पत्रकारले सोध्ने पहिलो प्रश्न एउटैमात्र हुन्थ्यो, ‘सरकारका विषयमा के निर्णय भयो ?’ उत्तर कहिले के कहिले घुमाउरो पारामा आउथ्यो । बुधबारको बैठकमा फेरी त्यही प्रश्न आउने भएपछि स्थायी कमिटीले एक कदम अगाडी बढ्दै नयाँ निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तर कहिले गर्ने भन्नेबारेमा अध्यक्ष प्रचण्डले उत्तर दिने ।

स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक लिखित जानकारी दिने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएपनि फिर्ताको निर्णय भने आधिकारीक रुपमा लिएको छैन ।