काठमाडौं, बैशाख १३
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४४२ जना संक्रमित फेला परेका हुन् ।
त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
२४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर, थप पाँच जनाको मृत्यु भएको विवरण पनि उपलब्ध भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्