जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार १५:०१

पर्सामा बिहीवारदेखि एक साता निषेधाज्ञा जारी


वीरगञ्ज, बैशाख १३

पर्सामा कोरोनाका संक्रमित ४ हजार भन्दा बढि भएपछि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाले बताउनु भयो । पर्सामा मंगलबार विहानसम्म ४ हजार ३२० सक्रिय संक्रमित रहेका छन् ।