जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १६:४७

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने खेलकुद मन्त्री


पोखरा, बैशाख १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई आज मन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार नवनियुक्त मन्त्री गुरुङलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । न्यौपानेले आजै सवा ५ बजे नवनियुक्त मन्त्री गुरुङको शपथग्रहण कार्यक्रम राखिएको छ ।