जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार ०९:४९

बुटवलमा २१ तोला सुन र नगदसहित भीमबहादुर भाट पक्राउ


 

काठमाडौँ, २७ जेठ । रुपन्देहीको बुटवलमा २१ तोला सुन सहित स्याङजाका भीमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ तोला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो । शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट प्रहरीले चाँदी र मोबाइल पनि बरामद गरेको छ ।