जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १२:२०

कांग्रेसद्वारा माइतीघरमा दमन भएको भन्दै संसद अवरुद्ध


काठमाडौं, जेठ २७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । कांग्रेस सांसदहरुले आइतबार माइतीघर मण्डलमा गुठी विधेयकको विरोधमा उत्रिएका नागरिकमाथि सरकारले गरेको दमनको विरोध गर्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेका थिए ।

उनीहरुले गृहमन्त्रीको जवाफ नआई बैठक चल्न नसक्ने अडान लिएपछि सभामुख कृष्णबहादुर महराले गृहमन्त्री बैठकमा उपस्थित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताएका थिए । तर, कांग्रेसले सभामुखको आग्रह नमानेपछि १५ मिनेटका लागि संसद बैठक स्थगन गरिएको हो ।