जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १३:४५

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र


काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सुझाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा ज्ञापनपत्र बुझाउनु भएको हो ।

पार्टीका पदाधिकारीसहित सिंहदरबार पुग्नुभएका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गर्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग गर्नुभएको छ ।

‘खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्नभुयो । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताउनु भएको छ ।