जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार १२:१३

माधवलाई एमाले भन्दा माओवादी–कांग्रेस नै प्यारो, प्रधानमन्त्री ओलीबिरोधी गठबन्धनमा सहभागी


काठमाडौं, जेठ ७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल फेरि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरोधी गठबन्धनमा सहभागी भई छलफलमा सहभागी हुनुभएको छ ।

कार्यदल गठन गरेर एमालेमा सहमतिको प्रयास भइरहेका बेला नेपाल उहाँ कांग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुग्नुभएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुनुहुन्छ ।

यस्तै सो बैठकमा उपेन्द्र यादव लगायतलाई पनि बोलाइएको छ । एमाले नेता नेपालको यो कदमलाई एमालेमा नबस्ने उहाँको घोषणाको रुपमा संस्थापन पक्षले लिएको छ ।