काठमाडौं, जेठ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बिरोधीहरुको एकोहोरो बिरोधले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै फाइदा पुगेको निश्कर्ष सुनाउनु भएको छ ।
प्रधानमन्त्री दावीको सन्दर्भमा आफ्नै पार्टीका नेता माधवकुमार नेपालले पार्टी अध्यक्षको बिरुद्धमा लागेर बिपक्षी दलका नेतालाई समर्थन गरेको र कांग्रेस माओवादीले लोकतन्त्रकै खिल्ली उडाएर दलहरुको सांसदको ब्यक्तिगत हस्ताक्षर संकलन गरेको तर्फ संकेत गर्दै पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क. ओलीप्रति सहानुभूती वढदै छ,’ मुख्यमन्त्री पोखरेलको निश्कर्ष छ ।













प्रतिक्रिया दिनुहोस्