जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १५:०१

बजेटको आकार १६ खर्ब हाराहारी


काठमाडौं, १५ जेठ

मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बजेट स्वीकृत गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ। आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ ।

मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो।यस आर्थिक वर्षका लागि गत जेठमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए।