जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १३:४४

उपत्यकामा टिप्पर चलाउने समय पुर्नमूल्याङ्कन गर्छौं : गृहमन्त्री थापा


काठमाडौं, जेठ २८

गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौं उपत्यकामा निर्माण सामाग्री बोक्ने टिप्पर चल्न दिइएको समयमा पुर्नमूल्याङ्कन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा नेमकिपा सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले टिप्पर आतंकबाट सडकलाई कसरी सुरक्षित गर्ने भन्नेबारेमा पुर्नमूल्याङ्कन गरिने बताउनुभएको हो ।‘सडकमा टिप्पर आतंक छ, यसले धेरैको ज्यान लिइसकेको छ ।

टिप्पर आतंक नियन्त्रण गर्न र विकास निर्माणको काम पनि अवरोध नहोस् भन्नका लागि सीमित समय दिइएको छ । अझ कसरी सुरक्षित गर्ने भन्नेबारेमा, पुर्नमूल्याङ्कन गर्नेछौं,’ मन्त्री थापाले भन्नुभयो । सांसद सुवालले राष्ट्रिय गौरवका आयोजनाको पास बनाएर सडकमा टिप्परले आतंक मच्चाएको भन्दै टिप्पर आतंक रोक्न माग गर्नुभएको थियो ।