काठमाडौं, जेठ २०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनुभएको छ । उहाँले आज सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिनुभएको हो । मन्त्री ढकालले पर्यटन सचिव यादवप्रसाद कोइराला, उद्योगका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेललगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनुभएको हो ।
त्यस्तै इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ । इन्धनको समयानुकुल समायोजन नहुने भन्दै अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग गर्दै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्