कास्की, जेठ २८ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गुण्डा नाइकेको उपमा पाउनुभएका कांग्रेस नेता गणेश लामा रिहा हुनुभएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई २ हजार जरिवाना लिएर छाडेको हो ।
प्रहरीले लामालाई लेकसाइडको एक होटलबाट बिहीवार पक्राउ गरेको थियो । लामालाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।













प्रतिक्रिया दिनुहोस्