जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १२:४७

भारतमा गोली हानी हत्या गरेर फरार रहेका प्रतिवादीलाई मृतकका परीवारजनले लगाए प्रहरीको जिम्मा


सिरहा, जेठ २९

सिरहाको धनगढीमाई नगरपालिकाको एक युवको २०७५ फाल्गुन ८ गते भातरमा गोली हानी हत्या गरेको अभियोगमा फरार रहेकालाई मृतकका परिवारजनले सिरहा सदरमुकामबाट पक्राउगरी प्रहरीलाई जिम्मा लगाएको छ । २०७५ फाल्गुन ८ गते धनगढीमाई नगरापलिका वडा नं. ६ वस्ने दिलिफ यादबको १६ वर्षीय छोरा सुभाष यादबलाई भारतमा लगी गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सिरहाको औरही गाउँपालिका वडा नं. २ तुलसियाहीका फुलहेश्वर मण्डलका २१ वर्षीय छोरा गंगाराम मण्डललाई मृतकका परिवारजनले सिरहा सदरमुकामको बजारबाट पक्राउगरी कुटपिट गर्दै जिल्ला प्रहरी कार्यालय सिरहालाई जिम्मा लगाएको मृतकका परिवारजनले बताएका छन् ।

मृतक यादबलाई गोली हानी घाईते बनाईएको अवस्थामा भारतको लौकहा नजिक चौरमा देखेपछि भारतिय प्रहरीको सहयोगमा उपचारको लागि दरभंगा लगिएको थियो तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भारतको पटनामा उपचारको क्रममा मृत्यु भएको थियो । नेपाली यूवक धनगढीमाई नगरपालिका वडा नं. ६ का दिलिफ यादवको १६ वर्षीय छोरा सुभाष यादवलाई भारतमा लगी गोली हानी हत्या गरेको आरोपमा फरार रहेका औरही गाउँपालिका वडा नंं २ तुलसियाही बस्ने फुलहेश्वर मण्डलका २१ वर्षीय छोरा गंगाराम मण्डललाई प्रहरी र परिवारजनको सहयोगमा सिरहा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा उतुवेर्दीले बताउनुभयो ।