काठमाडौं, असार २
नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) ले प्राकृतिक विपत्तिको घडीमा उद्धार र राहतमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवापंक्तिलाई आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वयंसेवी भावनाका साथ परिचालित हुन आह्वान गर्नुभएको हो । तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघर बनाइएका परिवारका लागि अस्थायी बसोवासको प्रबन्ध गर्न आग्रह गर्नुभएको हो । सरकारले विपद्प्रति कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्