जनता टाइम्स

९ असार २०७८, बुधबार ०८:५१

टेलिकमको मोवाइल सेवा सुचारु, एचएलआर नेटवर्कको डेटाबेसमा देखिएको समस्या समाधान


काठमाडौं, असार ९ । नेपाल टेलिकमको मोबाइल सेवा सुचारु भएको छ । आज बिहानदेखि प्राविधिक समस्या देखिएको टेलिकमको सेवा केहीबेर अघिबाट सुचारु भएको हो । आज बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको थियो ।

नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार एचएलआर नेटवर्कमा समस्या आएको थियो । प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको छ । एचएलआर नेटवर्कको डेटाबेसमा समस्या आएको थियो, त्यो समस्या समाधान भइसक्यो, प्रबन्ध निर्देशक अधिकारीले जनताटाइम्ससँग भन्नुभयो ।