काठमाडौँ, असार ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पूरा भएको आरोप लगाउनुभएको छ । राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको एमाले नेता पोखरेलले टिप्पणी गर्नुभयो ।
उहाँले आफ्नो टिप्पणीमा प्रचण्डको नाम भने तोक्नुभएको छैन । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भन्नुभएको थियो । प्रचण्डको यो अभिव्यक्तिप्रति लक्षित हुँदै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ? ’














प्रतिक्रिया दिनुहोस्