काठमाडौं, असार २० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । असार २२ गतेदेखि असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याउँदै उपत्यकामा थप खुकुलो बनाएको हो ।
आजको निर्णयअनुसार निजी र सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली पनि हटाइएको छ । यस्तै पसल व्यवसाय विहानदेखि बेलुका ६ बजे खोल्न पाइने भएको छ । यसअघि विहान ११ बजेदेखि ६ बजेसम्म पसल खोल्न पाउने समय तोकिएको थियो । तर बढी भीडभाड हुने क्षेत्रहरु भने खुलाउन आदेश दिएको छैन ।
कोरोना भाइरसको दोस्रो लहरसँगै गत बैशाख १६ देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो । असार मसान्तसम्म लम्ब्याइए पनि निषेधाज्ञा निकै खुकुलो पारिएको छ ।
के–के खोल्न पाइन्छ, के–के खोल्न पाईंदैन ? हेर्नाेस सूची
















प्रतिक्रिया दिनुहोस्