जनता टाइम्स

३० असार २०७८, बुधबार १६:३०

देउवा सरकारले पहिलो दिनमै गर्यो जनतामारा काम, २८ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा


काठमाडौं, असार ३०

नयाँ सरकार गठन भएसँगै सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो । विभागले जारी गरेको सूचनामा यात्रुवाहक सवारीको भडा २८ प्रतिशतले बढेको उल्लेख छ । पहाडमा चल्ने मालबाहक सवारीको भाडा भने २० प्रतिशत बढेको छ ।

तराईका बाटामा चल्ने मालबाहक सवारीको भने २६ प्रतिशत भाडा बढाईएको छ । इन्धनको मूल्यलाई आधार मानेर भाडादर समायोजन गरिएको विभागले जनाएको छ । दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर लागू गराईसकेको विभागले जनाएको छ ।