जनता टाइम्स

४ श्रावण २०७८, सोमबार ०८:२६

अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं : शंकर पोखरेल


काठमाडौं, साउन ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले फ्लोर क्रशको घटनाबाट पाठ सिक्दै अनुशाशित र गतिशील पार्टी निर्माणमा जुटन आह्वान गर्नुभएको छ ।

माधव नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएको घटनालाई नेकपाकालिन सत्रुतापुर्ण अन्तरबिरोधको परिणाम भन्दै पोखरेलले यस्तो आग्रह गर्नुभएको हो ।

नेकपा हुँदाकै शत्रुतापूर्ण वनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौ, पोखरेलले भन्नुभएको छ ।