जनता टाइम्स

१ असार २०७६, आईतवार १२:५८

घाँस काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु


बाजुरा, असार १

शनिबार साँझ घाँस काट्ने क्रममा भीरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ सीताकुमारी पाध्याय रहनुभएको छ ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भीरबाट लड्दा उहाँको घटनास्थमै मृत्यु भएको उहाँका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो । उहाँ वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।