जनता टाइम्स

११ श्रावण २०७८, सोमबार २२:५२

८ स्वर्णसहित जापान टोकियो ओलम्पिक को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍यो



काठमाडौं, साउन ११ जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुईरदुई वटा पदक जितेका छन् ।

यस्तै अहिलेसम्म एक स्वर्ण पदक जित्नेमा इटली, हङकङ, क्रोएशिया, फिलिपिन्स, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तान रहेका छन् ।