जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार ०७:३४

यी चार प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनउन आग्रह


काठमाडौं, साउन १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बागमती, गण्डकी र लुम्विनि प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्विनि, कर्णालि र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।