जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १३:५५

देउवा सरकारको न्यूनतम कार्यक्रम तयार, कोरोना नियन्त्रणदेखि संविधान संशोधनसम्म (पूर्णपाठ)


काठमाडौं, साउन २२ । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सरकारको ११ बुँदे प्राथमिकतासहितको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल समुहको समर्थनमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारको प्राथमिकता तोक्दै न्यूनतम कार्यक्रम बनाइएको हो ।

न्यूनतम कार्यक्रममा कोभिड १९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधानलाई मुख्य प्राथमिकतामा राखिएको छ । सत्तारुढ गठबन्धनको कार्यदलद्वारा तयार पारिएको संयुक्त न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ । न्यूनतम साझा कार्यक्रममा दलहरूबीच सहमतिका आधारमा संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सबलीकरण गर्नेलगायतका विषय समेटिएका छन ।

न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने घोषणा गरिएको छ । संबिधान संशोधनबिना यो काम संभव नभएकोले संशोधनको कुरा पनि न्यूनतम कार्यक्रममा समेटिएको हो । यस्तै सबै नागरिकलाई आगामी चैतमसम्म कोरोनाविरुद्धको खोप लगाउने र एयर एम्बुलेन्ससम्मका कुरा न्यूनतम साझा कार्यक्रममा समेटिएका छन ।