काठमाडौं, साउन २५ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमाफर्त बढाएको कर्मचारीको तलबमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सररकारले स्विकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले साउन एक गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । तत्कालिन मन्त्री पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा सबै तहका कर्मचारीको तलब चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाको एक गतेबाट लागू हुनेगरी दुई हजारले वृद्धि गर्ने घोषणा गर्नुभएको थियो ।
मन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भन्नुभयो, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, नेपाल संसद सेवा, सामुदाकिय विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरतमा कार्यरत कर्मचारीका लागि २०७८ साउन एक गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’













प्रतिक्रिया दिनुहोस्