काठमाडौं, साउन ३० । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति फेरि सरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौं २३ का लागि तोकिएको महाधिवेशन मिति सार्दै २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना गर्ने निर्णय लिएको हो ।
केन्द्रीय कार्य समिति बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो । बैठकले मंसिरमा महाधिवेशन गर्नका लागि भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय गरेको छ । यसैगरी स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ भने प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।
प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना गर्ने निर्णय बैठकले लिएको हो ।













प्रतिक्रिया दिनुहोस्