काठमाडौं, भदौ ७ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले विद्युतीय शवदाह मेसिन खरिद र मूर्ति मर्मतमा पनि कमिसन खाएको पाइएको छ। महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले यो तथ्य बाहिर ल्याएको हो ।
महालेखाका अनुसार कोषका पदाधिकारीहरूले विद्युतीय शवदाह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र बिनाकारण रद्द गरेर दोस्रो पटक बोलपत्र आह्वान गरेका छन । कोषका पदाधिकारीले दोस्रो पटक एउटा मात्र कम्पनीबाट बोलपत्र प्राप्त भएको देखाएर उसैसँग खरिद सम्झौता गरेका छन । यसो गर्नुको पछाडि अनियमितताको मेलो रहेको देखिन्छ। स्थानीय बजार मूल्य, अन्तर्राष्ट्रिय बजार मूल्य र उत्पादक कम्पनीबाट खरिद गर्दा प्राप्त हुने मूल्यको खोजी नगरी एकैपटक खरिद सम्झौता गरिएको छ।
यसमा अनियमितता भएको जनाउँदै महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा दोषीमाथि कारबाही सिफारिस गरिएको छ। बोलपत्र भइसकेको र मूल्यांंकन प्रक्रियामा रहेको अवस्थामा बोलपत्र रद्द गर्न नमिल्नेमा रद्द गरिएको प्रतिवेदनमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्