काठमाडौं, भदौ ८ । नेकपा एमालेले आगामी मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म काठमाडौंमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले असोज ४, ५ र ६ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । विधान अधिवेशनको तयारीका लागि भदौ १० गते बिहीवार केन्द्रीय कमिटी बैठक वोलाउने निर्णय बैठकले गरेको छ । माधव नेपालले नयाँ पार्टी गठन गर्ने निर्णयसहित बाहिरिएपछि बसेको बैठकले बिधान महाधिवेशन र १०औं महाधिवेशनको मिति हेरफेर गरेको हो ।
यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले भदौमा जिल्ला कार्यकता भेला गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्