जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १५:१६

नेकपा (एस) दर्ताका लागि ५५ जनाको हस्ताक्षर प्रमाणीकरण


काठमाडौँ, भदौ ९ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले ५५ केन्द्रीय सदस्यको हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।दिल्लीमा उपचाररत् नेता झलनाथ खनालले नेपाली दूतावासबाट पठाएको मञ्जुरीनामालाई स्वीकार गर्दै उहाँको हस्ताक्षर प्रमाणीकरण गरिदिएको हो ।खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल समूहमा नेकपा एमालेका २०३ मध्ये नेपाल समूहमा ५५ जना औपचारिक रुपमा खुलेका छन् । एमाले परित्याग गरेर माधव समुहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन ।