सुर्खेत, भदौ ११ । बलात्कारको आरोप खेपिरहेका कृषि मन्त्री कुर्मराज शाहीले तत्काल राजिनामा नदिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तत्काल मन्त्री शाहीलाई राजिनामा दिन चेतावनी दिइएको हो । ‘बलात्कार जस्तो गम्भीर आरोप लाग्दा समेत नैतिकताका आधारमा राजिनामा दिनुपर्ने हो,’ कमल खड्का ‘जुनी’द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सरकारसहित सरकारमा संलग्न राजनीतिक दलहरु मौन हुनु निन्दनिय र खेदजनक छ ।’
जनताको अमूल्य मतलाई अवमुल्यांकन गर्दै जघन्य अपराधिक घटनाहरुलाई निर्मूल गरि सभ्य समाजको निर्माण गर्नुको सट्टा उल्टै अपराधीको संरक्षणमा प्रदेश सरकार लाग्नुले लञ्जित बनाएको विज्ञप्तीमा उल्लेख छ । २४ घण्टाभित्र मन्त्री शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त नगरेर आन्दोलन गर्ने चेतावनी युवा संघले दिएको छ ।













प्रतिक्रिया दिनुहोस्