काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न शक्तिपीठका पण्डित तथा पुजारीबाट आशीर्वाद लिनुभएको छ । पार्टिको आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वर लगायत विभिन्न मन्दिरका पुजारी तथा पण्डितहरूबाट शुक्रबार बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा आशीर्वाद लिनुभएको हो ।
महाधिवेशनमा उम्मेदवारी तयारीका लागि उहाँले सम्पर्क कार्यालयको स्थापना गरि सक्नुभएको छ । कार्यालयको उद्घाटन आज दिउँसो हुने बताइएको छ । नेपाली कांग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, धनराज गुरुङ पनि सभापति उम्मेद्वार बन्ने बताउदै आएका छन्।













प्रतिक्रिया दिनुहोस्