जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार २२:०५

चुनाव हारेको माधव नेपाललाई दोस्रो पोजिसनमा राख्दा कसरी हेपियो ? : अध्यक्ष ओली


काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन नभई चोईटिएको टिप्पणी गर्नुभएको छ । आज राति पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो उक्त कुरा बताउनुभएको छ । उहाँले आफूलाई तानाशाही भन्नु गलत भएको बताउनुभयो ।

उहाले कुनै समस्या परे जनताको बीचमा जाने कुरा गर्दा कसरी निरंकुशता भयो ? भनेर प्रश्न समेत गर्नुभयो। उहाँले माधव नेपाललाई चुनाव हार्दा पनि आफूले पार्टीको दोस्रो पोजिसनमा राखेको सुनाउँदै कसरी हेपिएको भन्न मिल्छ ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले माधव नेपालले प्रतिपक्षी दललाई किन सरकारको नेतृत्व सुम्पिए त ? भनेर प्रश्न गर्नुभयो । एमालेको एकल सरकार हुँदाहुँदै किन यो सरकार ढालेर गठबन्धनको सरकार बनाएको भनेर माधव नेपाललाई ओलीको प्रश्न थियो । उहाँले आफ्नो कारणले एमाले नफुटेको पनि दाबी गर्र्नुभयो । उहाँले संसद् विघटन नगरेको भएपनि एमाले फुटिसकेको थियो भन्ने स्मरण गराउनुभयो ।