जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १५:३१

कञ्चनपुरमा काँग्रेसलाई लाग्यो धक्का : तरुण दलका उपाध्यक्ष एमाले प्रवेश


कैलाली, भदौ १३ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गर्नुभएको छ । आइतवार एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टीमा स्वागत गर्नुभएको हो । उहाको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो । २०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्नुभएको थियो । उहाँ कञ्चनपुर बेलौरी नगरपालिका ४ का स्थानियबासी हुनुहुन्छ । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा कांग्रेसलाई धक्का पुग्ने आँकलन समेत गरिएको छ ।