जनता टाइम्स

१३ भदौ २०७८, आइतबार २०:०३

सभामुख सापकोटाले कलंकको टीका लगाए : सचेतक भट्टराई



काठमाडौं, १३ भदौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाएको बताउनुभएको छ । एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदको पद जोगाएर सभामुख सापकोटाले कलंकको टीका लगाएको आरोप लगाउनुभएको हो ।भट्टराईले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत बताउनुभयो । ‘पहिले नै सभामुखले जे भूमिका खेल्नुहुन्छ भन्ने डर लागेको थियो त्यही भयो । यो भन्दा निर्लज्जता केही हुँदैन, उहाँले भन्नुभयो । १४ सांसदमाथिको कारबाहीबारे निर्णय गर्न विलम्ब भएपछि आफूहरुलाई आशा नगरेको पनि उहाँले बताउनुभयो । ‘९ गते पहिले नै सूचना आएर कारबाही हुनुपर्थ्यो भएन,’ उनले भने ।एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गर्दै माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो ।