जनता टाइम्स

३ असार २०७६, मंगलवार १६:२४

लोकसेवा आयोगले फारम भर्न एक हप्ता म्याद थप्याे


काठमाडौं ,

लोकसेवा आयोगले फारम भर्न एक हप्ता म्याद थप गरेको छ । फारम भर्नेको चापले सर्भर नै डाउन भएपछि मंगलबार दिउसो सूचना प्रकाशित गर्दै आयोगले आगामी असार १० सम्मको लागि म्याद थप गरेको हो ।

आयोगले म्याद थप गरेसँगै अब सिंगल दस्तुरमा असार १० गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने छ ।