जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार १५:१९

माधवले झेली गरेको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी


काठमाडौं, १४ भदौ ।  माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गर्नुभएको छ । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उहाँनेकपा (एस) को सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको थियो । बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको नेपालले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाउनु भएको छ । आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी भएको भन्दै आफू कतै नजाने बताउनुभएको छ । ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपाललेलेख्नुभएको छ, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’