जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार ०९:१६

इतिहासमा आज : टाइटेनिक जहाजको भग्नावशेष फेलादेखि हेमिगंवेको कृति प्रकाशनसम्म


काठमाडौं, १६ भदौ । आज १ सेप्टेम्बर । विश्व इतिहासमा प्रशान्त महासागरमा हराएको टाइटेनिक विमानको भग्नावेशषदेखि चेचेन विद्रोहीले बन्धक बनाएका सयौँको मृत्यु भएको थियो । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटना ः

बालबालिकासहित ३५० को नरसंहार

सन् २००४ को १ सेप्टेम्बरमा रसियाली सहर बेल्सानको ओसेटियामा भएको एउटा नरसंहारमा तीन सय ५० जनाको मृत्यु भएको थियो । सशस्त्र चेचेन विद्रोहीले विद्यालयका बालबालिकासहित एक हजार जनालाई विद्यालयमा तीन दिनसम्म बन्धक बनाएका थिए । विद्रोहीले स्वतन्त्र चेचनलाई अन्तर्राष्ट्रिय मान्यता दिन माग गरेका थिए । रसियाली सेनाले हस्तक्षेपपछिको हिंसामा तीन सय ५० जनाको मृत्यु भएको थियो ।

पानीमा डुबेको टाइटेनिक जहाजको भग्नावशेष पत्ता

उत्तरी प्रशान्त महासागरमा पानीभित्र डुबेको टाइटेनिक जहाजको भग्नावशेष सन् १९८५ मा फेला पारिएको थियो । फ्रान्स र अमेरिकी अन्वेशकको समूहले सो भग्नावशेष पत्ता लगाएको थियो । सन् १९१२ को १४ अप्रिलमा बेलायतको साउद हेम्पटनबाट अमेरिका जाने क्रममा सो जहाज डुबेको थियो ।

लाइफ म्यागेजिनलले प्रकाशन गर्‍यो चर्चित उपन्यासका अंश

अमेरिकी प्रसिद्ध उपन्यासकार अर्नेस्ट हेमिंगवेको सर्वाधिक चर्चित उपन्यास वल्ड मेन एन्ड द सीका केही अंशलाई अमेरिकाको लाइफ म्यागेजिनले सन् १९५२ देखि प्रकाशन गरेको थियो । उपन्यास एक बृद्ध मानिस र उनले समुद्रमा माछा छोप्दा गरेको संघर्षबारे केन्द्रित छ । उपन्यासका अंश छापिएको केही दिनभित्रै सो म्यागेजिनको ५० लाख कपी बिक्री भएको थियो ।

पायोनियर ११ को असफल प्रयास

अन्तरिक्षका गतिविधि अनुसन्धान गर्न नासाले निर्माण गरेको पाइनियोर ११ सन् १९१४ मा शनि ग्रहतर्फ बढेको थियो । यो यान ग्रहभन्दा १३ हजार माईल टाढाको दूरीसम्म पुगेको थियो । केही सातापछि पृथ्वीसँग यानको सम्पर्क विच्छेद भएको थियो । न्युज कारखाना